काठमाडौँ। काठमाडौँ महानगरपालिका ८, जयबागेश्वरी गायत्री मार्गमा पुनरुत्थान गरिएको ब्रह्मा मन्दिरमा मूर्ति पुन:स्थापना गरिएको छ। महानगरीय प्रहरी वृत्त गौशालामा संरक्षण गरेर राखिएको मूर्तिलाई आज (सोमबार) बग्गीमा राखेर मन्दिर पुर्याइएको थियो। यस क्रममा महानगरपालिकाका उपप्रमुख सुनीता डंगोल, वडाध्यक्ष एवं सम्पदा तथा पर्यटन समिति संयोजक आशामान संगतसहित स्थानीयले उल्लासपूर्ण पुनःस्थापना यात्रामा सहभागिता जनाएका थिए। मूर्तिलाई आसनमा पुनःस्थापना […]