२४६ जनामा स्क्रब टाइफसको सङ्क्रमण, यस्तो हुन्छ लक्षण

चितवन। चितवनका विभिन्न अस्पतालमा उपचाररत २४६ जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको छ। यहाँका अस्पतालमा आएका चार हजार १०८ जनाको परीक्षणका क्रममा उनीहरुमा सङ्क्रमण देखिएको हो। जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रक राम केसीका अनुसार सङ्क्रमितमध्ये १८१ जना चितवनका हुन् भने ६५ जना जिल्लाबाहिरका छन्। सङ्क्रमितमध्ये २५ जना भरतपुर महानगरपालिकाका हुन्। खैरहनी नगरपालिकाका ४३, माडी नगरपालिकाका चार, […]