काँग्रेस सहमहामन्त्रीमा प्रतिमा गौतम निर्वाचित

काठमाडौँ । नेपाली काँग्रेसको सहमहामन्त्री महिलातर्फ प्रतिमा गौतम निर्वाचित भएकी छन्। पार्टीको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा गौतमले ५११६ मत ल्याएर निर्वाचित भएकी हुन्। ५ हजार ११६ मतसहित गौतम विजयी हुँदा प्रतिस्पर्धी नानु माया बास्तोलाले १ हजार ५४४ मत मात्रै प्राप्त गरिन्। गौतम विशेष महाधिवेशनबाट केन्द्रीय सदस्य बनेकी थिइन्। खुला तर्फबाट सहमहामन्त्रीमा रामहरि […]