कांग्रेस उपसभापतिमा जीवन परियारको उम्मेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसका नेता जीवन परियारले उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्। उनले मंगलबार समावेशी समूहबाट उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका हुन्। १५औँ महाधिवेशनअन्तर्गत राजधानीको राष्ट्रिय सभागृहस्थित मनोनयन दर्ता स्थलमा पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् ।