हुलाक सेवा विभागकी महानिर्देशक पंगेनीमाथि अनियमितता र मनोमानीको आरोप

काठमाडौं । हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीमाथि मनोमानी गरेको, बजेट परिचालनमा असमानता देखाएको, कर्मचारी व्यवस्थापनमा हस्तक्षेप गरेको तथा सेवा सुधारमा प्रभावकारी काम गर्न नसकेको आरोप लागेको छ । विभागभित्रको व्यवस्थापन, कर्मचारी सरुवा, करार नियुक्ति, बजेट विनियोजन र सेवा प्रवाहलगायतका विषयमा असन्तुष्टि जनाउँदै विभिन्न कर्मचारी तथा सरोकारवालाहरूले महानिर्देशक पंगेनीको कार्यशैलीमाथि प्रश्न उठाएका हुन् । […]