काठमाडौ । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा भएको ईभी गाडी दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ भने ६ जना घाइते भएका छन्। दुर्घटनामा परेको ईभी गाडीमा चालकसहित २० जना सवार रहेको खुलेको छ। बिहीबार बिहान करिब ६:१० बजे काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको ईभी गाडी सडकबाट करिब ७०० मिटर तल खसेर दुर्घटना भएको थियो। […]