स्वास्थ्यमा समस्या आएपछि प्रचण्ड अस्पताल भर्ना

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्। उनको सचिवालयका अनुसार स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो। चिकित्सकले उनलाई निमोनिया भएको पुष्टि गरेका छन्। स्वास्थ्य समस्याकै कारण प्रचण्ड शुक्रबार आयोजित गणतन्त्र दिवसको विशेष समारोहमा पनि सहभागी हुन सकेनन्। हाल उनको अस्पतालमा उपचार भइरहेको सचिवालयले जनाएको छ।