बिजपाटीलाई प्राप्त प्रमाण भन्छन्- स्मार्ट टेलिकमलाई कर्जा दिने एनआईएमबीको प्रक्रिया नै गलत

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)ले स्मार्ट टेलिकम लाई कर्जा प्रवाह गर्दा अनिवार्य नियामकीय प्रावधान पालना नगरेको र त्यसपछि गरिएको धितो लिलामी प्रक्रिया समेत विवादास्पद रहेको तथ्य प्रमाणसहित बाहिर आएको छ । यही प्रकरणमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ठगी तथा विश्वासघात आरोपमा पक्राउ गरेको थियो । उनी शुक्रवार सर्वोच्च अदालतको […]