राष्ट्र बैंकको व्यवस्थापन तहमा व्यापक फेरबदल, कसलाई कुन जिम्मेवारी ?

नेपाल राष्ट्र बैंकको व्यवस्थापन तहमा व्यापक फेरबदल भएको छ । गोविन्दप्रसाद नागिला कार्यकारी निर्देशक (ईडी) पदमा बढुवा भएका छन्। यसअघि निर्देशक पदमा कार्यरत नागिला वरिष्ठताका आधारमा स्वतः पदोन्नति भएका हुन्। नरेश शाक्य अनिवार्य अवकाशमा गएपछि रिक्त रहेको एक कार्यकारी निर्देशक (अधिकृत विशिष्ट श्रेणी) पदमा नागिलालाई बढुवा गरिएको हो। नेपाल राष्ट्र बैंक कर्मचारी सेवा विनियमावली, २०६८ […]