काठमाडौँ । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) लालमणि आचार्य अवकाश भएका छन्। प्रहरी नियमावली २०७१ अनुसार एआईजीको ५६ वर्षे उमेर हद पूरा भएसँगै उनी आज जेठ १० गतेदेखि अवकाश भएका हुन्। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी रमेश थापाले आचार्यको अवकाश भएको जानकारी प्रशासनलाई दिए। आइतबार प्रहरी महानिरीक्षक दीपक थापाले आचार्यलाई बिदाइ गर्ने कार्यक्रम रहेको छ। […]