काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह भारतको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी सोमबार स्वदेश फर्किएका छन्। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारत गएका शाह भ्रमणका निर्धारित कार्यक्रम पूरा गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन्। प्रधानमन्त्री शाह आइतबार भारत प्रस्थान गरेका थिए। भारत भ्रमणका क्रममा प्रधानमन्त्री शाह विभिन्न उच्चस्तरीय भेटवार्ता तथा द्विपक्षीय सम्झौता र सहमतिसम्बन्धी कार्यक्रममा सहभागी भएका थिए। […]