कांग्रेस संस्थापन पक्षको निष्कर्ष: फागुनको चुनावमा होमिने, वैशाखमा महाधिवेशन गर्ने

नेपाली कांग्रेसको संस्थापन पक्षधर केन्द्रीय सदस्यहरूको भेलाले आगामी फागुन २१ गतेका लागि घोषित प्रतिनिधि सभा निर्वाचनमा होमिने र निर्वाचनलगत्तै पार्टीको १५ औं महाधिवेशन गर्ने निष्कर्ष निकालेको छ।