सिमित म्यानपावरको सिन्डिकेट हुनेगरी तोकियो मलेसियाको रोजगारीमा १० मापदण्ड

मलेसिया सरकारले नेपालसहित पाँच श्रमिक पठाउने देशका म्यानपावर कम्पनीका लागि नयाँ १० बुँदे मापदण्ड तोकेको छ। तोकिएका मापदण्ड पूरा गर्ने कम्पनीबाट पठाइएका कामदार मात्रै लिने नीति मलेसियाले अपनाएको हो। मलेसियाको परराष्ट्र मन्त्रालयले क्वालालम्पुरस्थित नेपाली दूतावासलाई पत्राचार गरी सो मापदण्डबारे जानकारी गराएको र दूतावासले सोही अनुसार नेपाल सरकारलाई सूचित गरेको स्रोतले जनाएको छ। मलेसियाको मानव संसाधन […]