सरकारी कर्मचारीलाई धम्क्याउने अर्जुन शाही पक्राउ

काठमाडौं। सरकारी कर्मचारी धम्क्याउने अर्जुनबहादुर शाही पक्राउ परेका छन्। ‘जेन–जी’ आन्दोलनका नाममा उनले ज्ञापनपत्र बुझाउने भन्दै विभिन्न सरकारी निकायका प्रमुखलाई धम्क्याउने गरेका थिए। उनका गतिविधिबारे निरन्तर गुनासो आउन थालेपछि जिल्ला प्रहरी परिसर काठमाडौंले बुधबार साँझ कोटेश्वरबाट नियन्त्रणमा लिएको हो। अनुसन्धानका क्रममा शाही वैदेशिक रोजगारी ठगी र बैंकिङ कसुरमा समेत संलग्न रहेको तथ्यबाहिर आएको प्रहरीले जनाएको […]