डाक्टर र सांसदका चालकको तलब 'उस्तै' भन्दै युट्युबर टंक दाहालद्वारा भ्रामक दाबी

नेपाल स्वास्थ्य सेवा ऐन र सरकारी नियम अनुसार नेपालमा सरकारी सेवामा प्रवेश गर्ने चिकित्सकहरूको नियुक्ति छैठौं तहबाट नभई आठौँ तह (मेडिकल अधिकृत) बाट मात्र हुन्छ। दाहाललाई नेपालमा चिकित्सकहरु कुन तहदेखि नियुक्त हुन्छन् भन्ने आधारभूत ज्ञान समेत नरहेको उक्त भिडियो जानकारीबाट प्रस्ट बुझ्न सकिन्छ।