प्रि-ओपन सेसनमा साढे ६ अंकले घट्यो नेप्से

काठमाडौँ । बुधबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक साढे ६ अंक बढीले घटेको छ। यो समयमा नेप्से परिसूचक ६.६८ अंकले घटेर २७१९.८१ विन्दुमा अडिएको हो। ५७ वटा स्क्रिप्सको ३४ हजार ८३० कित्ता सेयर २ करोड १७ लाख ७३ हजार ८१४ रुपैयाँमा खरिदबिक्री भएको छ भने कारोबारमा आएकामध्ये १० वटा स्टक्सको मूल्य बढ्दा ४२ वटाको घटेको छ […]