३५ वर्षअघि पत्ता लागेको ३० करोड घनमिटर ग्यास अलपत्र, खाना बनाउन आयातकै भर

१८ वैशाख, काठमाडौं । देउनाथ पासवानले १५ वर्षदेखि ललितपुरको लुभुमा प्राकृतिक ग्यास उडिरहेको देखेका छन् । जमिनबाट स्वतः ग्यास  निस्किनु र बल्नुलाई उनी ईश्वरीय कृपासँग जोडेरसमेत हेर्छन् । तर ईश्वरको कृपाबाट प्राप्त स्रोतको उचित उपयोग नहुँदा …