बुटवल–नारायणघाट खण्डअन्तर्गत दाउन्ने क्षेत्रको निरीक्षणमा पुगे भौतिकमन्त्री

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री माधवप्रसाद चौलागाईँले स्तरोन्नतिको चरणमा रहेको बुटवल–नारायणघाट सडकखण्डअन्तर्गत दाउन्ने क्षेत्रको स्थलगत निरीक्षण गरेका छन्  ।  मन्त्रालयका सचिव केशवकुमार शर्मा र यातायात व्यवस्था विभागका महानिर्देशक डा विजय जैसीसहितको टोलीले आज उक्त खण्डको स्थलगत निरीक्षण गरेको हो । मन्त्री चौलागाईँले वर्षा सुरु हुनुअघि निर्माणलाई तीव्रता दिई स्तरोन्नति सम्पन्न गर्न निर्माण पक्षलाई निर्देशन दिएको मन्त्रालयले […]