काठमाडौँ । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले राष्ट्रिय युवा परिषद्को वार्षिक कार्यक्रम प्रभावकारी बनाउन निर्देशन दिएका छन् । परिषद्को २०औँ बैठकलाई आज सम्बोधन गर्दै मन्त्री यादवले कार्यक्रमहरूलाई औपचारिकतामा मात्र सीमित नराखी नतिजामुखी बनाउन जोड दिए। उनले भने, “परिषद्का वार्षिक कार्यक्रमको स्पष्ट मोडालिटी विकास गरी, त्यसले समाजमा पार्ने प्रभाव देखिने गरी पेस गर्नुहोस् । […]