रास्वपा कास्कीको सभापतिमा १ मतले यदुनाथ अधिकारी विजयी
२३ जेठ, पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्कीको प्रथम अधिवेशनबाट सभापतिमा यदुनाथ अधिकारी १ मतले निर्वाचित भएका छन् । पोखरामा शनिबार भएको अधिवेशनबाट प्रतिस्पर्धी एकराज न्यौपानेलाई १ मतले पराजित गर्दै अधिकारी विजयी भएका हुन् …