सुकुम्बासी बस्तीमा चलेको डोजरले विस्थापित हुनेहरू मान्छे मात्र थिएनन्

शनिबार बिहान काठमाडौंको थापाथली सुकुम्बासी बस्तीमा चलेको डोजरले वर्षौंदेखि त्यो ठाउँलाई 'घर' बनाएर बसेका मानिसहरू मात्र विस्थापित गराएन, त्यही बस्तीमा आश्रित कुकुर, बिरालो र अन्य केही जनावरको बासस्थान पनि नष्ट गर्‍यो।