मुस्ताङ– उत्तरी कोरला नाकामा डिप बोरिङ प्रविधिमार्फत खानेपानी निकालिएको छ । लोमान्थाङ गाउँपालिकाको पहलमा उक्त विधिबाट गरिएको परीक्षण सफल भएको हो । समुद्री सतहको (४६१०) मिटरको उचाइमा अवस्थित नेपाल–चीन सिमानामा पर्ने कोरलानाकाको दशगजा क्षेत्र सुक्खा पठार क्षेत्र हो । यही सीमावर्ती क्षेत्रको ट्रान्जिट प्वाइन्ट २४ नं सीमास्तम्भ नजिकै डिप बोरिङमार्फत खानेपानी निकालिएको हो । उक्त […]