मिथिला स्वादको कमान्ड सम्हालिरहेकी २३ वर्षीया पूर्णिमा

सिराहाको कर्जन्हा नगरपालिकामा जन्मिएकी पूर्णिमा शाहका सपना सुरुमा भान्सासँग जोडिएका थिएनन् । प्लसटुमा विज्ञान विषय पढेपछि उनको लक्ष्य नर्स बन्ने थियो । तर छात्रवृत्तिमा नाम ननिस्किँदा त्यो सपना अधुरै रह्यो। निराश मन लिएर उनी घर फर्किइन् …