ट्रम्प भन्छन् : मेरो मन पर्ने कुरा इरानको तेल कब्जा गर्नु हो

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको तेल आफ्नो नियन्त्रणमा लिन चाहेको बताएका छन्। आइतबार फाइनान्सियल टाइम्सलाई दिएको अन्तर्वार्तामा उनले यस्तो बताएका हुन्। ट्रम्पले भने, ‘साँचो भन्नुपर्दा मेरो मनपर्ने कुरा भनेको इरानको तेल लिनु हो। यसका लागि अमेरिकासँग धेरै विकल्प छन्।’ उनले थपे, ‘अमेरिकामा केही मानिसहरू सोध्छन्, तपाईं यस्तो किन गर्दै हुनुहुन्छ? तर उनीहरू मुर्ख हुन्।’ […]