झलनाथ खनाल र मोहनविक्रम सिंहबीच राष्ट्रिय राजनीतिक अवस्थाबारे छलफल

पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनाल र नेकपा (मसाल) का महामन्त्री तथा वरिष्ठ वामपन्थी नेता मोहनविक्रम सिंहबीच मुलुकको पछिल्लो राष्ट्रिय राजनीतिक अवस्था र बदलिँदो परिस्थितिबारे छलफल भएको छ ।