खण्डहर बनेको संसद् भवन पुगे तीन मन्त्री (तस्बिरहरू)

काठमाडौँ- जेन-जी आन्दोलनकारीका नाममा गत भदौ २४ गते जलाइएको नयाँ बानेश्वरस्थित संसद् भवन अवलोकनमा तीन जना मन्त्री पुगेका छन् । संसद् भवन निरीक्षणका लागि ऊर्जामन्त्री कुलमान घिसिङ, गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्याल र अर्थमन्त्री रामेश्वर खनाल पुगेका हुन् । उनीहरूले त्यहाँ पुगेको क्षतिको विवरण सुनेर पुनर्निर्माणको योजनाबारे कर्मचारी र सम्बन्धित अधिकारीहरूसँग संवाद गरेका हुन् । […]