धनुषा। गृहमन्त्री ओमप्रकाश अर्यालले मुलुकको प्रमुख पार्टी नेपाली कांग्रेसभित्र देखिएको घटनालाई सरकारले गम्भीरतापूर्वक लिएको बताएका छन्। प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन जनकपुर पुगेका गृहमन्त्री अर्यालले सञ्चारकर्मीहरूसँग यस्तो बताएका हुन्। उनले भने‚ “कांग्रेसभित्र घटेका घटना-परिघटनाबारे हामी जानकारी लिइरहेका छौँ। त्यसले चुनावमा असर पर्छ कि पर्दैन भनेर सरकारले यो घटनालाई गम्भीरतापूर्वक लिएको छ। यसमा अहिले नै केही […]