नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज ‘लुम्बिनी’ (९एन–एकेएक्स) को इन्जिन इजरायलमा मर्मत सम्पन्न भई तयार भएको आठ महिना बितिसक्दा पनि फिर्ता ल्याउन नसक्दा राष्ट्रिय ध्वजावाहक गम्भीर आर्थिक र व्यवस्थापकीय सङ्कटमा फसेको छ । तत्कालीन कार्यकारी अध्यक्ष युवराज अधिकारीको कार्यकालमा भएका अपारदर्शी निर्णय र रणनीतिक विचलनले अहिले निगमलाई २ अर्ब रुपैयाँभन्दा बढीको वित्तीय दायित्वमा थिचेको मात्र छैन, […]