एजेन्सी - क्रिसमसअघि भएको प्रिमियर लिगको अन्तिम खेलमा सोमवार फुलहमले नटिङ्घम फरेस्टलाई १-० ले हराएको छ। पहिलो हाफको इन्जुरी समयमा राउल जिमेनेजले पेनाल्टीमार्फत गोल गर्दै फुलहमलाई जित दिलाए। डगलस लुइजले बक्सभित्र केभिनलाई फाउल गरेपछि फुलहमले पेनाल्टी पाएको थियो। खेलभर दुवै टोलीले धेरै अवसर बनाउन सकेनन्। फरेस्टका इगोर जेससले सुरुआती मिनेटमै मौका गुमाए भने दोस्रो हाफमा