ललितपुर– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले रसुवा–भोटेकोशी बाढीबाट प्रभावित हाकुबेसी आधारभूत विद्यालयका बालबालिकाका लागि ललितपुरको गोदावरी नगरपालिकामा सञ्चालन गरिएको आवासीय सुविधासहितको अस्थायी विद्यालयको स्थलगत निरीक्षण गरेकी छन् । मन्त्री बादीले विद्यालय पुगेर बालबालिकाको शैक्षिक अवस्था, आवासीय सुविधा, खानपान, पोषण, स्वास्थ्य तथा दैनिक हेरचाह र व्यवस्थापनबारे प्रत्यक्ष जानकारी लिएकी हुन् […]