काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश कार्कीलाई पुत्रीलाभ भएको छ । सामाजिक सञ्जालमा श्रीमती र नवजातको तस्बिर पोष्ट गर्दै उनले यसबारे जानकारी दिएका हुन् । सामाजिक सञ्जालमा उनले लेखेका छन्- ‘आमा छोरीको स्वास्थ्य ठीक छ । तपाईंको शुभकामनाले असाध्यै हर्षित छौँ । धन्यवाद ।’