भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नयाँ पुस्तालाई इतिहास, अग्रजहरूले गरेका सङ्घर्ष र योगदानबारे जानकारी गराउनुपर्ने आवश्यकता औँल्याएका छन् । नेपाल कर्मचारी समाज इञ्जिनियरिङ कलेज एकाइ समितिको आयोजनामा राष्ट्रिय तथा अन्तरराष्ट्रिय समसामयिक राजनीतिक विषयमा आज यहाँ आयोजना गरेको प्रवचन कार्यक्रममा अध्यक्ष बिजुक्छेले भक्तपुरको विकासलाई बुझ्न भक्तपुरको विगतबारे जानकारी लिन आवश्यक रहेको बताए […]