सूचना चुहावटमा शून्य सहनशीलता अपनाउने नवनियुक्त आईजीपी केसीको घोषणा

नवनियुक्त प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीले प्रहरी सङ्गठनको आन्तरिक रणनीति र संवेदनशील सूचनाको गोपनीयता कायम गर्न निर्देशन दिएका छन् । बुधबार प्रहरी प्रधान कार्यालयमा पदबहालीपछि आयोजित समारोहमा उनले अनधिकृत सूचना चुहावटप्रति शून्य सहनशीलताको नीति अपनाइने बताए। केसीले कुनै पनि प्रलोभन, प्रभाव वा दबाबमा नपरी नागरिकको हकहित र विधिको शासन सुनिश्चित गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिए […]