नवरात्रको चौथो दिन बुधबार दसैँघर तथा पूजा कोठामा नवदुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ। प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थीमा कुष्माण्डा देवीको विशेष आराधना गर्ने परम्परा छ। धार्मिक मान्यताअनुसार कुष्माण्डा देवीले शरणमा आएका भक्तका आध्यात्मिक, आधिभौतिक र आधिदैविक ताप हरण गर्छिन्। नवरात्रमा देवीको पूजा आराधनाबाट शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने विश्वास गरिन्छ। […]