काठमाडौं – नेपाली मिश्रित मार्सल आट्र्स (एमएमए) खेलाडी युकी आङदेम्बेले जेसिके फाइट नाइट–१२३ मा जित हात पारेका छन् । चीनको शान्सी प्रान्तको लुलियाङमा आज भएको बान्टमवेट प्रतिस्पर्धामा आङदेम्बेले घरेलु खेलाडी बुहुओगुबुलाई पराजित गरेका हुन् । तीन राउन्डको खेलमा आङदेम्बेले तीनवटै राउन्ड आफ्नो पक्षमा पार्दै सर्वसम्मत निर्णयमा जित निकाले । खेलको सुरुआतदेखि नै उनले बुहुओगुबु माथि […]