हामी सामान्य घटनामा चिकित्सक वा स्वास्थ्यकर्मीमाथि हातपात हुँदा तत्काल आक्रोशित हुन्छौं। सामाजिक सञ्जालमा बहस हुन्छ। पत्रकार र युट्युबर पुग्छन्। तर अस्पतालभित्रको अव्यवस्थापन, सेवाग्राहीमाथिको विभेद र संस्थागत लापरबाहीका विषयमा त्यति नै निरन्तर प्रश्न किन उठ्दैन?