लोकतान्त्रिक एसोसिएसनका अध्यक्ष रामप्रसाद गैरे निलम्बित, ९ व्यवसायी सदस्यबाट निष्कासित

नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले अध्यक्ष रामप्रसाद गैरेलाई अध्यक्ष पदबाट निलम्बन गरेको छ। एसोसिएसनको आकस्मिक बैठकले गैरेलाई निर्दोष साबित नहुँदासम्मका लागि निलम्बन गर्ने निर्णय गरेको हो। मलेसिया रोजगारीमा सीमित व्यवसायीको एकाधिकार कायम गर्न खोजिएको भन्दै विवादमा आएको प्रक्रियासँग सम्बन्धित २५० म्यानपावर कम्पनीको सूचीमा गैरेसम्बद्ध म्यानपावर कम्पनीको नामसमेत देखिएपछि एसोसिएसनले उक्त निर्णय गरेको जनाएको छ। […]