बाढीका कारण प्रभावित नुवाकोटको विद्युत् प्रणाली क्रमशः सामान्य अवस्थामा फर्किन थालेको छ। चपली–देवीघाट दायाँ सर्किट चार्ज भएपछि जिल्लाका थप क्षेत्रमा विद्युत् आपूर्ति पुनःस्थापित भएको छ। हाल नुवाकोटको करिब ९० प्रतिशत क्षेत्रमा विद्युत् आपूर्ति पुनःस्थापित भएको छ। पछिल्लो अद्यावधिकअनुसार विदुर नगरपालिका–६, विदुर–१२ को बाँकी क्षेत्र र विदुर–३ को करिब आधा क्षेत्रमा विद्युत् आपूर्ति सञ्चालनमा आएको छ। […]