दीपक मनाङे काँग्रेसमा प्रवेश, शशांक कोइरालाले गरे स्वागत

काठमाडौँ । गण्डकी प्रदेशका पूर्वमन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’ नेपाली काँग्रेसमा प्रवेश गरेका छन्। मनाङे मंगलबार काँग्रेसको संस्थापन इतर समूहमा प्रवेश गरेका हुन्। काँग्रेसको १५औँ महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले उनलाई पार्टीमा स्वागत गर्दै प्रवेश गराएका हुन्। कोइरालाको सचिवालयका अनुसार मनाङेलाई संस्थापन इतर समूहले आगामी महाधिवेशनका लागि मनाङ जिल्लाको संयोजकको जिम्मेवारीसमेत दिएको छ। […]