जगदम्बा मोटर्सले ल्यायो टिभिएस एन्टर्क १५०, तीन रङमा देशभर उपलब्ध

टिभिएस मोटर कम्पनीले नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्ससँगको सहकार्यमा टिभिएस एन्टर्क १५० सार्वजनिक गरेको छ। कम्पनीले यसलाई नेपालकै पहिलो १५० सीसी उच्च कार्यक्षमतायुक्त स्पोर्ट्स स्कुटरका रूपमा प्रस्तुत गरेको छ। १४९.७ सीसी क्षमताको हावाबाट चिस्याइने इन्जिन जडान गरिएको स्कुटरले ७ हजार आरपीएममा १३.२ पीएस शक्ति र ५ हजार ५०० आरपीएममा १४.२ एनएम घुमाउने बल उत्पादन […]