आज कहाँ कस्तो रहला मौसम ? यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा हिमाली तथा पहाडी क्षेत्रमा बादल लागेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका विभिन्न स्थानमा आंशिकदेखि साधारणतया बदली रहनेछ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । बाँकी हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने महाशाखाले जनाएको छ […]