नवनियुक्त प्रहरी महानिरीक्षक डा. मनोज केसीले आधारभूत तहसहित सबै प्रहरी कर्मचारीको गुनासो सुन्न आफ्नै सचिवालयमा तत्काल उच्चस्तरीय संयन्त्र सुरु गर्ने घोषणा गरेका छन् । बुधबार गृह मन्त्रालयमा दर्ज्यानी चिह्न ग्रहण गरेपछि उनले यस्तो घोषणा गरेका हुन् । केसीले सीमित स्रोतसाधन, भवन अभाव र लामो कार्यघण्टाले प्रहरी कर्मचारीलाई पारेको असर सम्बोधन गर्न ध्यान दिने बताए । […]