अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि तत्काल सैन्य आक्रमण गर्ने आफ्नो प्रशासनको कुनै योजना नरहेको बताएका छन् । मंगलबार फाइनान्सियल टाइम्स (एफटी) सँगको टेलिफोन अन्तर्वार्तामा उनले इरानसँगको तनावपूर्ण अवस्थाप्रति आफू सन्तुष्ट रहेको संकेत गरेका हुन् । छ मिनेट लामो अन्तर्वार्तामा ट्रम्पले अमेरिकाले चाहेका अधिकांश कुरा प्राप्त गरिरहेको बताएका थिए । उनले भने, “हामीले चाहेका […]