फुर्केखोलाको पुलबारे ज्ञापनपत्र बुझाउन गएका पूर्वजनप्रतिनिधि मन्त्रीलाई नभेटी फर्किए

काठमाडौं । धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलामा बाढीले बगाएको पक्की पुल पुनर्निर्माणको माग गर्दै ध्यानाकर्षण गराउन सिंहदरबार पुगेका पूर्वजनप्रतिनिधिहरू पूर्वाधार विकासमन्त्री सुनील लम्साललाई नभेटी फर्किएका छन्। बागमती प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको नेतृत्वमा मन्त्रालय पुगेको टोलीले मन्त्रीसँग भेट्न नपाएपछि ज्ञापनपत्रसमेत बुझाउन सकेन। धादिङका पूर्वसांसद तथा पूर्वजनप्रतिनिधिहरू सम्मिलित प्रतिनिधिमण्डलले पुल पुनर्निर्माणको काम तत्काल अघि बढाउन सरकारको ध्यानाकर्षण […]