काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो ६०५ ग्राम सुनजस्तो देखिने पदार्थसहित एक चिनियाँ नागरिकलाई सशस्त्र प्रहरी बल नेपालले नियन्त्रणमा लिएको छ।मंसिर २ गते बिहान ११ः४१ बजे दुबईबाट हिमालयन एयरलाइन्सको उडान नम्बर H9353 मार्फत काठमाडौं आएका चिनियाँ नागरिक बिनबिन लीलाई नियमित सुरक्षा जाँचका क्रममा नियन्त्रणमा लिइएको हो। सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार विमानस्थल […]