सभामुख डोलप्रसाद अर्याल चढेको गाडीलाई ट्राफिक प्रहरीले नियम उल्लंघन गरेको भन्दै कारबाही गरेको छ। थापाथली क्षेत्रमा लेन मिच्दै हिँडेको आरोपमा सभामुख अर्याल चढेको गाडीसहित अगाडि–पछि रहेका अन्य सवारीसाधनलाई समेत ट्राफिक प्रहरीले रोकेर जाँच गरेको थियो। ट्राफिक स्रोतका अनुसार ती सवारीसाधनले लेन क्रस गरी ट्राफिक नियम उल्लंघन गरेका कारण कारबाही गरिएको हो। लेन उल्लंघन भएपछि ट्राफिक […]