मोदीलाई ट्रम्पको फोन, के भयो कुराकानी ?

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गरेका छन्। मोदीले सामाजिक सञ्जालमार्फत दिएको जानकारी अनुसार ट्रम्पले फोन गरेर द्विपक्षीय सम्बन्ध तथा होर्मुज स्ट्रेटसहित विभिन्न विषयमा कुरा गरेका हुन्। ‘मलाई मेरा मित्र राष्ट्रपति डोनाल्ड ट्रम्पको फोन आयो। हामीले विभिन्न क्षेत्रमा हाम्रो द्विपक्षीय सहयोगमा भएका उल्लेखनीय प्रगतिको समीक्षा गर्‍यौँ’, मोदीले एक्समा लेखेका छन्, […]