प्रधानमन्त्री कार्कीले भेटिन् जेन-जी आन्दोलनका घाइते

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले जेन-जी आन्दोलनमा घाइते (दुवै आँखाका दृष्टि गुमाएका) सन्तोष बोहोरालाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन्। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्ज पुगेर उनले घाइते बोहोराको उपचारको अवस्थाबारे जानकारी लिँदै परिवारसँग पनि कार्कीले कुराकानी गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जनाए। वीरेन्द्रनगर नगरपालिका २‚ भुरेली सुर्खेतका बोहोरालाई २४ भदौमा सुर्खेतमै गोली लागेको थियो। […]