काठमाडौँ । नेपाल वैदिक, पौराणिक र धार्मिक दृष्टिले ‘देवभूमि’का रूपमा स्थापित भूमि हो। तर, आधुनिकताको लहर र राज्यको बेवास्ताका कारण यहाँका प्राचीन तीर्थस्थल, देवालय तथा मठमन्दिरहरू भने दिनानुदिन ओझेलमा पर्दै गएका छन्। यही पृष्ठभूमिमा आयोजित एक पत्रकार सम्मेलनमा धर्मप्रचार अभियन्ताहरूले नेपालका तीर्थक्षेत्रको पुनरुत्थान, धार्मिक पर्यटनको सम्भावना र युवा पुस्ताको दायित्वबारे गम्भीर विश्लेषण प्रस्तुत गरेका छन्। […]