कलंकीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ

काठमाडौँ । कलंकीमा कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु भएको छ । उक्त घटनामा संलग्न रहेको आरोपमा एक तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार आज अपराह्न आपसी विवादमा भएको कुटपिटबाट सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ घर भएका रोशन पाख्रिन घाइते भएका थिए । कुटपिटबाट बेहोस भएका रोशनलाई उपचारका लागि कलंकीस्थित सहिद मेमोरियल अस्पताल […]